Techie IT
२०८२ श्रावण १०, शनिबार

ओलीले सदस्यता नवीकरण रोकेपछि भण्डारीको काउन्टर तयारी, आज ३ बजे पत्रकार सम्मेलन गर्दै

आजको पत्रकार सम्मेलनमा भण्डारीले पार्टी राजनीतिमा पुनः प्रवेशका लागि उठाएका कदम र आगामी रणनीति खुलाउने अनुमान गरिएको छ।


नेकपा एमालेले सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काउन्टर कदमको तयारी थालेकी छन् । उनले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएकी छिन् ।

भण्डारीले शुक्रबार दिउँसो ३ बजे काठमाडौंस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन तय गरेकी छन् । उक्त सम्मेलनमा उनले आफ्नो आगामी योजना र एमालेको निर्णयप्रति प्रतिक्रिया जनाउने भनी उनको सचिवालयले जनाएको छ । भण्डारीनिकट एक नेताका अनुसार, पत्रकार सम्मेलनमा धेरै विषयहरू स्पष्ट हुनेछन् भने उनले पछाडि नहट्ने अडान यथावत् राखेकी छन्।

गत मंगलबार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो । तर, सोही दिन दिउँसो सीमित पत्रकारहरूसँगको अनौपचारिक भेटमा भण्डारीले राजनीतिमा अगाडि बढिसकेको र अब पछि नहट्ने संकेत दिएकी थिइन् ।

भण्डारीको सक्रियताप्रति एमालेभित्र एकमत देखिएको छैन । उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र नेता कर्ण थापाले उक्त निर्णयप्रति असहमति जनाएका थिए ।

आजको पत्रकार सम्मेलनमा भण्डारीले पार्टी राजनीतिमा पुनः प्रवेशका लागि उठाएका कदम र आगामी रणनीति खुलाउने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट