Techie IT
२०८२ श्रावण १५, बिहीबार

समाजवादी मोर्चा स्थगन गरौं भन्ने विप्लव नै प्रचण्डको प्रस्तावमा पुनः संयोजक


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ पुनः समाजवादी मोर्चाको संयोजकमा चयन भएका छन्।

मंगलबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले विप्लवलाई पुनः संयोजक बनाउने निर्णय गरेको हो। बैठकमा मोर्चाको गठनपछिको गतिविधि र प्रभावकारिताबारे समग्र समीक्षा गरिएको थियो।

समीक्षा क्रममा विप्लवले मोर्चा जनतासँग पर्याप्त रूपमा जोडिन नसकेको स्वीकार गर्दै, “केही समय मोर्चालाई स्थगन गरेर पनि जान सकिन्छ। आवश्यक परेमा फेरि सक्रिय बनाउन सकिन्छ,” भन्दै लचिलो दृष्टिकोण प्रस्तुत गरेका थिए।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लवको धारणा समर्थन गरे। प्रचण्डले मोर्चालाई अझ प्रभावकारी बनाउनुपर्ने साझा बोध सबैमा रहेको उल्लेख गर्दै, संयोजकमा पुनः विप्लवकै निरन्तरताको प्रस्ताव गरेका थिए।

एक नेताका अनुसार, “संयोजकको पालो माओवादी केन्द्रको हो। तर विप्लवज्यूमा देखिएको गम्भीरता र प्रतिबद्धताले नेतृत्व योग्य ठहरिएको हो,” प्रचण्डको भनाइ उद्धृत गर्दै जानकारी दिए।

प्रचण्डको प्रस्तावअनुसार विप्लव दोस्रो कार्यकालका लागि संयोजक बनेका हुन्।

सोही बैठकले सातै प्रदेशमा समाजवादी मोर्चामार्फत सरकारलाई खबरदारी दिने खालका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। विस्तृत कार्यक्रम मोर्चाको सचिवालयले तय गर्नेछ।

समाजवादी मोर्चा २०८० साल असार ४ गते गठन गरिएको थियो । प्रारम्भमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि मोर्चामा सहभागी थियो, तर हाल जसपा मोर्चाबाट बाहिरिएको छ ।

गठनका बेलामा मोर्चाको नेतृत्व आलोपालो प्रणालीबाट ६–६ महिनामा परिवर्तन गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार माओवादी केन्द्रको पालो आइसक्दा पनि प्रचण्डले विप्लवलाई नै दोहोर्‍याउने प्रस्ताव गरेपछि बैठकले त्यसलाई अनुमोदन गरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट