Techie IT
२०८२ श्रावण १९, सोमबार

अध्यक्ष दाहालले स्वस्थै रहँदै नेतृत्व हस्तान्तरण गर्नुपर्छ - सचिव राम कार्की


नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वस्थ छँदै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् । काठमाडौंमा जारी स्थायी समिति बैठकमा बोल्दै उनले आलोपालो नेतृत्व प्रणालीको अभ्यास गर्दै दोस्रो पुस्तालाई जिम्मेवारी सुम्पनुपर्ने धारणा राखे।

कार्कीले भने, “बाहिर बोलेकोभन्दा भित्र नबोलीकन गरिएको अतिशय प्रशंसाले पार्टीलाई अझ बढी क्षति पुर्‍याउँछ। अहिले अध्यक्षको अतिरञ्जित प्रशंसा मार्क्सवादी परिपाटी अनुसार छैन । अप्रिय लागे पनि नेतृत्वमा परिवर्तन अपरिहार्य हुन्छ। माओले नै भनेका छन्— दुई लाइन संघर्ष बिना पार्टी बाँच्छैन।”

उनले प्रचण्डप्रति ससम्मान आग्रह गर्दै भने, “अध्यक्षज्यू, तपाईं स्वस्थ रहँदै नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पार्टीभित्र विशिष्ट सल्लाहकारको रूपमा बस्न सक्नुहुन्छ। कार्यकारी अधिकार हस्तान्तरण गरी आलोपालो नेतृत्व सञ्चालन गर्ने स्पष्ट विधि बनाउनुहोस्।”

बैठकमा अन्य नेताहरूले “दाहालबिनाको माओवादी कल्पना गर्न सकिन्न” भन्ने अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ स्मरण गराउँदै भने, “ओलीले पनि आफूबिनाको एमाले कल्पना नगर्नुस् भन्नुहुन्थ्यो। के ओली जाँदा एमाले पनि सकिने हो ? कोही पनि नेता अजम्बरी हुँदैनन्। नेतृत्व त अनिवार्य हो, तर एउटै व्यक्ति सधैं नेतृत्वमा रहनुपर्छ भन्ने छैन। परिवर्तन हुनु पर्दछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट