Techie IT
२०८२ श्रावण १९, सोमबार

आज प्रतिनिधिसभाको बैठक बस्दै, यी विधेयकमाथि छलफल हुने


संघीय संसद भवन, नयाँ बानेश्वरमा आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा विभिन्न विधेयक र प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ।

त्यसपछि संघीय संसदका महासचिवले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको जानकारी गराउने छन्। साथै, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ मा उल्लेखित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गरिनेछ।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधान’ माथि संसदमा छलफल र अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट