Techie IT
२०८३ जेष्ठ १०, आइतबार

रास्वपा–राप्रपाको व्यवहार असह्य भन्दै कांग्रेसको प्रतिकार गर्ने चेतावनी


सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा गरिएको निरन्तर बहिष्कारको विरोधमा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले लामो समयदेखि संसद बहिष्कार गरिरहेको रास्वपा र राप्रपाको व्यवहारप्रति आपत्ति जनाउँदै अब अन्य सांसदहरू प्रतिवादमा उत्रिन बाध्य हुन सक्ने चेतावनी दिए।

‘आज ७० दिन पुग्न लाग्यो, यसले सरकार, संसद र आम जनताको ध्यानाकर्षण गरिरहेको छ,’ उनले भने, ‘संसदमा उभिएर सधैं गालीगलौज गर्न पाइँदैन। भिजिट भिसा भनेको मानव तस्करी हो? भिजिट भिसामा विदेश नगएकाहरू यहाँ को–को हुनुहुन्छ?’

प्रमुख सचेतक घिमिरेले तथ्य बिना झुटो प्रचार गर्दै आम जनतालाई भ्रमित पार्ने र संसदको दुरुपयोग गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्नेमा जोड दिए। उनले जोसेफ गोयबल्सको शैलीमा 'झुटो प्रचार' गरेर राजनीति गर्न खोजिएको आरोप पनि लगाए।

‘कांग्रेसको यसमा गम्भीर आपत्ति छ। यदि यो अभ्यास निरन्तर चलिरह्यो भने भोलि सम्पूर्ण सांसदहरू प्रतिवादमा उत्रिनुपर्ने हुन सक्छ,’ घिमिरेले चेतावनी दिदै भने, ‘यसप्रति गम्भीरतापूर्वक सोच्न आवश्यक छ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट