Techie IT
२०८३ जेष्ठ १०, आइतबार

बिप्लव नेतृत्वको नेकपाले एमसीसीबिरूद्द साउन ३० गते प्रदर्शन गर्ने


नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

पार्टीको एमसीसी सरोकार समिति संयोजक भरत सीका अनुसार साउन ३० गते देशका प्रमुख सहरहरूमा जनप्रदर्शन गरिने छ।

“परिमार्जनबिना जबरजस्ती एमसीसी लाद्न खोज्नु घातक हुनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेकपाले न्यायोचित, देशभक्तिपूर्ण जनसंघर्षलाई सफल बनाउन सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन पनि आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट