Techie IT
२०८२ भाद्र २८, शनिबार

रास्वपाको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै, यस्ता छन् छलफलका एजेन्डा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ। प्रवक्ता मनिस झाले बैठकका एजेन्डाबारे जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टी गतिविधि, केन्द्रीय विभागहरूको प्रगति प्रतिवेदन, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन र सङ्गठनसम्बन्धी अपडेट, साथै कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन प्रतिवेदन लगायतका विषयमा छलफल हुने छ।

प्रदेश इन्चार्जहरूले प्रदेश रणनीतिबारे सारांश र प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसका लागि अधिकतम ३ मिनेट समय तोकिएको छ। त्यस्तै, केन्द्रीय सदस्यहरूले प्रतिवेदनका लागि २ मिनेट समय पाउनेछन्।

बैठकमा पार्टी सचिवालय बैठकका निर्णय अनुमोदन, विधान व्याख्या अनुमोदन, केन्द्रीय विभाग प्रमुखको मनोनयन, तथा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावमा आवश्यक निर्णय हुने बताइएको छ।

यसबाहेक, विदेशमा रहेका नेपालीहरूलाई मताधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानको प्रगति प्रतिवेदन, र उक्त अभियानलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट