Techie IT
२०८३ असोज २१, बुधबार

लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार सरुवा गर्ने निर्णय


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ।

यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछाने हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका छन्। कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आज नै नक्खु कारागारमा पठाउने निर्णय गरेर रुपन्देही पठाइएको हो।

‘नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,’ शर्माले बताए। उनका अनुसार, लामिछानेले मञ्जुरीनामा नै नक्खु कारागारमा पठाउन आग्रह गरेका थिए र सोही अनुरूप निर्णय गरिएको हो।

शर्मा हालै गृह मन्त्रालयबाट सरुवा भई कारागार विभागको जिम्मेवारी सम्हाल्न पुगेका हुन्। यसअघि महानिर्देशकमा रहेका नारायण प्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरिएको हो।

गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा लामिछानेको कारागार सरुवा प्रक्रिया चलिरहेको बताएका थिए।

शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय र प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी लामिछानेलाई नक्खु कारागार ल्याउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट