Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

आन्तरिक विवाद समाधानका लागि समाजवादी स्थायी कमिटी बैठक भदौ २५ मा


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधानका लागि यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।

पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीभित्रका आन्तरिक विवाद समाधान, आगामी रणनीति, समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीका विभिन्न अभियानबारे समीक्षा हुने छ ।

बैठकमा समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम तथा सुशासन, रोजगारी र समृद्धिलाई लक्ष्य बनाएर सञ्चालन गरिएको समाजवादी अभियानले देशभर पारेको प्रभावकारितामाथि पनि समीक्षा गरिने अर्यालले जानकारी दिए ।

त्यस्तै, जनवर्गीय संगठनहरूको कार्यप्रगति, महासचिव घनश्याम भुसालको नेतृत्वमा गठन गरिएको कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उनले बताए ।

साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, वामपन्थी शक्तिबीच एकता, र समाजवादी मोर्चालाई थप सशक्त बनाउने प्रस्ताव पनि बैठकमा छलफल हुने जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट