आकस्मिक रूपमा सिंहदरबारमा बोलाइए एमाले सांसद, रणनीति के हो?

नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार उपस्थित हुन आह्वान गरेको छ । संसदीय दलको कार्यालयमार्फत फोन गरेर सांसदहरूलाई तत्काल बोलाइएको एक सांसदले जानकारी दिएका छन् ।
‘दलको कार्यालयका कर्मचारीले आकस्मिक बैठक बस्नुपर्ने भन्दै फोन गरेर बोलाए । तर छलफलको विषय भने खुलाइएको छैन,’ एक सांसदले भने ।
सांसदहरूको भनाइअनुसार संसदमा विचाराधीन विवादित विधेयकबारे छलफल गर्न बैठक बोलाइएको हुनसक्ने अनुमान गरिएको छ । अर्को एक सांसदका अनुसार बिहान साढे १० बजे सिंहदरबार आइपुग्न भनिएको छ र सम्भवतः विधेयकसम्बन्धी एजेन्डामा छलफल हुने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस