Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

‘संख्या छ भनेर जे पनि निर्णय गर्न मिल्दैन’ : महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केवल संख्यामा (बहुमतमा) भर परेर जस्तोसुकै निर्णय पनि लिन नहुने बताएका छन्।

उनका अनुसार प्रजातन्त्रमा संख्याका आधारमा गरिने निर्णय वैधानिक त हुन्छ, तर त्यसलाई जनताले स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

‘हामी निर्वाचन जित्छौं, मत पाउँछौं, सरकार बनाउँछौं। प्रजातन्त्रमा बहुमतका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न मिल्दैन,’ नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा बुधबार बोल्दै थापाले भने - ‘संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छ। तर त्यो निर्णय आममानिसले स्वीकारे भने मात्र वैध हुन्छ।’

उनले प्रजातन्त्र टिकाउनका लागि वैधानिकतासँगै वैधता पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । ‘हामीले गर्ने निर्णयलाई नागरिकले स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने कुरा बुझ्न आवश्यक छ,’ उनले स्पष्ट पारे।

थापाले विगतमा नेपाली कांग्रेसले गरेका निर्णय वैधानिक मात्र नभई वैध पनि रहेको दाबी गरेका छन् ।

पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) उपसभामुख इन्दिरा राना मगरमाथि आचरणसम्बन्धी प्रश्न उठाउँदै दुई तिहाइ बहुमतले पदमुक्त गर्ने तयारी गरिरहेका छन्। यस विषयमा मंगलबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीबीच छलफल भएको थियो।

सो छलफलमा पनि महामन्त्री थापाले कार्यकर्ता र आमनागरिकले स्वीकार गर्ने निर्णय मात्रै लिनुपर्नेमा जोड दिएका थिए। ‘हामीसँग बहुमत छ, दुई तिहाइ पुग्छ भनेर मात्र निर्णय लिँदा त्यो वैधानिक त हुन्छ, तर आमनागरिकले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरालाई विचार गर्नुपर्छ,’ उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट