Techie IT
२०८३ असोज २१, बुधबार

शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनको पहिलो चरण


शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। सो कार्यक्रमअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ।

त्यसपछि भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम तय गरिएको छ।

यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाइने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ।

महासंघका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलन कार्यक्रम सार्वजनिक गरिनेछ। दोस्रो चरणमा अवरोधात्मक गतिविधि, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याइने पनि महासंघका नेताहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट