Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

लिपुलेकबारे चीन–भारतबीच भएको सहमति नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथि सिधा प्रहार - माओवादी केन्द्र


नेकपा (माओवादी केन्द्र) ले लिपुलेकबारे चीन–भारतबीच भएको सहमति नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथि सिधा प्रहार भएको आरोप लगाएको छ।

शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समयमा पार्टी तर्फबाट बोल्दै सांसद जगप्रसाद शर्माले यस्तो बताएका हुन्।

‘यो केवल भूमि अतिक्रमणको विषय होइन, नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथि भएको सिधा प्रहार हो,’ उनले भने, ‘यो आँखा झिम्क्याएर हेर्ने विषय होइन, यो इतिहासको दोसाँधमा उभिएको राष्ट्रप्रेमको निर्णायक घडी हो।’

शर्माले ऐतिहासिक तथ्यहरूले नेपालको भूमि स्पष्ट देखाउँदा पनि दुई छिमेकी मुलुकबीच सहमति हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। यसबेला सरकार संसदको समर्थनसहित अघि बढ्नुपर्ने उनले जोड दिए। अन्यथा सडकबाट जनताको आवाज उठ्ने चेतावनी पनि उनले दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट