Techie IT
२०८२ भाद्र ६, शुक्रबार

भण्डारी फर्किए पनि पार्टीमा सदस्यता नवीकरण हुँदैन


प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीले दुई पटक राष्ट्रपति बनाएको व्यक्तिले फर्केर पार्टीमा समस्या खडा गर्छ भन्ने कुरा कल्पनासमेत गरिएको थिएन भन्ने अभिव्यक्ति दिएका छन्। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘पूर्वराष्ट्रपति भण्डारीले २०७२ सालमा पार्टी सदस्यता परित्याग गरेर राष्ट्रपति पद ग्रहण गर्नुभएको थियो। त्यसयता उहाँको सदस्यता नवीकरण भएको छैन। पार्टीले सदस्यता खोलेको छैन, उहाँले आवेदन दिनु भएको छैन।’

उनले भण्डारीले सदस्यता नवीकरणको कुरा गर्न खोजेको तर कार्यालयका कर्मचारीलाई झुक्याएर रसिद लिएको आरोपसमेत लगाएका छन्। ओलीले भने, ‘कसैको सदस्यता छैन भने कहाँबाट नवीकरण हुन्छ? लुगामा चुडेको टाँक लगाउन सकिन्छ, तर सदस्यता छैन भने नवीकरण हुँदैन।’

अध्यक्ष ओलीले भण्डारीले पार्टी एकतामा सहयोग गर्नुपर्नेमा असन्तुष्टहरू भेला गरेर असन्तुष्टहरूको जमात बनाएर पार्टीमा समस्या खडा गरेको बताएका छन्।

उनी भन्छन्, ‘पार्टीले राष्ट्रपति दुई पल्टसम्म बनायो । त्यस्तो व्यक्ति फर्केर समस्या खडा गर्ने कुरा कल्पनासमेत गरिएको थिएन। तर उहाँ आएर पार्टीलाई एकताबद्ध बनाउन सहयोग गर्नुको सट्टा असन्तुष्टहरूलाई भेला गरेर कार्यालयमा गतिविधि गरिरहनुभएको छ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट