Techie IT
२०८२ भाद्र १२, बिहीबार

महाधिवेशन भव्य बनाउन उपसमितिलाई सक्रिय हुन महासचिव पोखरेलको निर्देशन


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिएका छन्।

बुधबार बसेको महाधिवेशन व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले महाधिवेशनको मूल नारा तय भइसकेकाले त्यसकै आधारमा प्रचार–प्रसारलाई तीव्र बनाउनुपर्ने बताए। उनले सबै उपसमितिलाई तयारीलाई अझ गति दिन निर्देशन दिएका हुन्।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार–प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आठै उपसमितिका प्रमुखहरूले आफ्नो तयारीबारे बैठकमा रिपोर्टिङ गरेका थिए। प्रतिनिधि व्यवस्थापन, मञ्च तथा हल, स्वयंसेवक, आवास र खाद्य व्यवस्थापन उपसमितिले तयारीबारे विवरण प्रस्तुत गरेका छन्।

त्यस्तै प्रचार, यातायात, स्वास्थ्य, सांस्कृतिक, स्वागत गेट तथा साजसज्जा, दस्तावेज प्रकाशन र कार्यालय/लजिस्टिक व्यवस्थापन टिमले पनि तयारीबारे जानकारी गराएका छन्।

कार्यक्रम
एमालेको विधान महाधिवेशन यही भदौ २० देखि २२ गते ललितपुरको गोदावरीस्थित सनराज हलमा आयोजना हुँदैछ।

पार्टीले मंगलबार मात्रै महाधिवेशनको मूल नारा तय गरेको थियो— “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य।”

गौतमका अनुसार महाधिवेशनका लागि विभिन्न जनसंगठनबाट करिब ३०० स्वयंसेवकको नाम संकलन गरिएको छ। महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २,३७८ जना सहभागी हुनेछन्। प्रतिनिधि मात्र २,१२४ जना रहनेछन्।

महाधिवेशनको सम्पूर्ण तयारीबारे जानकारी दिन एमालेले आगामी भदौ १८ गते एक भव्य पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट