Techie IT
२०८२ भाद्र १२, बिहीबार

महिलालाई गालीगलौज गरेको आरोपमा रास्वपा केन्द्रीय सदस्य अरनिको पक्राउ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेललाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।

एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए।

अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ परेका पाँडेललाई बिहीबार म्याद थपका लागि अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

पाँडे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत हुन्। पाँडे वायुमण्डलसम्बन्धी वैज्ञानिक हुन्। जलवायु परिवर्तन, दिगो विकास, प्रदूषण लगायतका क्षेत्रमा उनले नेपाल, फिलिपिन्स र जापानमा सरकारको सल्लाहकार भएर काम गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट