Techie IT
२०८३ असोज २१, बुधबार

रास्वपाको रुपन्देही–३ उपनिर्वाचनका लागि प्राइमरी सम्पन्न


रुपन्देही–३ प्रतिनिधि सभा क्षेत्रको आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको प्राइमरी निर्वाचन सम्पन्न भएको छ।

भोटिङ बिहीबार बिहान अनलाइनमार्फत सुरु भएको थियो र शुक्रबार साँझ ७ बजे समापन भएको रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

उनीहरूले निर्वाचन समितिको विवरण उद्धृत गर्दै बताए अनुसार, रुपन्देही–३ मा पार्टीका साधारण सदस्य र तहगत समिति सदस्य गरी कुल २ हजार ७ सय १६ मतदाता रहेकोमा अनलाइन भोटिङमा १ हजार ५ सय ६७ मत खसेको छ । साथै, केन्द्रीय समितिका ६२ मध्ये २७ सदस्यले पनि मतदान गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट