Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै, रेशम चौधरी पक्ष सहभागी नहुने


काठमाडौं । अध्यक्ष रञ्जिता श्रेष्ठको आह्वानमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समितिको बैठक आज जमलस्थित येलो प्यागोडामा बस्ने भएको छ।

पार्टी विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डामा छलफल गर्न बैठक बोलाइएको पार्टी स्रोतले जानकारी दिएको छ।

बैठकमा संस्थापक रेशम चौधरी पक्षका नेताहरू सहभागी नहुने बताइएको छ। नाउपाभित्रको दुई समूहबीचको विवादका कारण पार्टीका हरेक गतिविधि प्रभावित हुँदै आएका छन्। यसअघि चौधरी पक्षले अध्यक्ष श्रेष्ठलाई पदबाट हटाएको भए पनि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थिएन।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट