Techie IT
२०८३ असोज २१, बुधबार

चीनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटबार्ता


चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

दुवै नेताबीच आइतबार चीनको थियानजिन शहरमा भेट भएको हो। भेटको तस्बिर भारतीय प्रधानमन्त्री मोदीले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

भेटबारे ट्वीट गर्दै मोदीले लेखेका छन्, “थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।”

यसअघि प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि दुईपक्षीय भेटवार्ता गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट