Techie IT
२०८३ असार २६, शुक्रबार

कांग्रेसमा विशेष महाधिवेशनको माग चर्कियो, तत्काल मिति र स्थान तोक्न अल्टिमेटम


काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले तत्काल महाधिवेशनको मिति र स्थान तोक्न नेतृत्वसँग माग गरेका छन्। बुधबार अनामनगरमा आकस्मिक पत्रकार सम्मेलन गर्दै उनीहरूले अब नियमित महाधिवेशनको तालिका स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्।

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियानको नेतृत्व गरेका नेताहरू गुरुराज घिमिरे, लेखनाथ पोखरेललगायतको समूहले भोलि (बिहीबार) बस्ने केन्द्रीय समिति बैठकलाई दबाब दिन पत्रकार सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा महामन्त्री गगन थापा पनि सहभागी हुने चर्चा चले पनि अन्तिम समयमा उनी उपस्थित भएनन्। थापा निकट मानिने नेता मधु आचार्यलगायत पनि कार्यक्रममा अनुपस्थित रहेका थिए ।

कांग्रेसभित्र महाधिवेशन निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा तीव्र ध्रुवीकरण देखिएको छ। संस्थापन पक्ष २०८४ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्री थापा आगामी पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्। थापाको यो अडानमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालाको समेत साथ रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट