प्रधानमन्त्री सुशीला कार्की लाई फिर्ता बोलाउन जेनजीको माग
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न असफल भएको भन्दै जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सरकार फिर्ता बोलाउन आग्रह गरेको छ।
२३ सदस्यीय जेनजी समूहले राष्ट्रपति समक्ष बुझाएको ज्ञापनपत्रमा भदौ २३–२४ को विद्रोहपछि बनेको सरकारबाट भ्रष्टाचार प्रकरणमा कारबाही नहुनु, संविधान संशोधन नहुनु, आन्दोलन दमन गर्नेविरुद्ध कारबाही नहुनु, घाइतेको उपचार र शहीद परिवारलाई क्षतिपूर्ति नदिइनु लगायत न्यूनतम अपेक्षा पूरा नभएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा, “यदि सरकारले विद्रोही पक्षको माग पूरा गर्न सक्दैन भने यो सरकार फिर्ता बोलाइ हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिनु होस्” भनिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस