Techie IT
२०८३ असार २६, शुक्रबार

बस्नेतमाथि मसी छ्याप्नेमाथि कार्वाही गर्छौं - नेविसंघ सभापति शेर्पा


नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाले विराटनगरमा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि आक्रमण गर्ने र संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन्।

बस्नेतको गाडीमा बेलुन हानेर मसी छ्याप्ने प्रयास गर्ने सञ्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन्।

शेर्पाले वक्तव्यमा भनेका छन्, “नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन्। लोकतन्त्रमा विरोध सबैको अधिकार हो, तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन। संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट