Techie IT
२०८३ कार्तिक २९, शनिबार

कांग्रेसको देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ देखि पोखरामा हुने


नेपाली कांग्रेसको इतर (शेरबहादुर देउवा) पक्षले आगामी मंसिर ५ र ६ गते पोखरामा गण्डकी प्रदेश अधिवेशन आयोजना गर्ने भएको छ। पोखरा सभागृहमा हुने उक्त दोस्रो प्रदेश अधिवेशनको उद्घाटन पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको आयोजक समितिले जनाएको छ।

सभापति गगनकुमार थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिलाई अस्वीकार गर्दै आएको देउवा पक्षले देशभर समानान्तर संरचना र अधिवेशनका गतिविधिहरूलाई तीव्रता दिएको छ। सोही क्रममा आगामी मंसिर २१ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागिएको १५ औँ केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको नेतृत्व चयन गर्न लागिएको हो।

कार्यतालिका अनुसार मंसिर ५ गते बिहान ११ बजे देउवाले अधिवेशनको उद्घाटन गर्नेछन्। उद्घाटन सत्रलगत्तै सुरु हुने बन्दसत्रमा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाइनेछ भने नयाँ नेतृत्व चयनका लागि मंसिर ६ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट