स्थानीय तह निर्वाचनको मिति घोषणा हुदैँ
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने आन्तरिक तयारी तीव्र पारेको छ। निर्वाचन आयोगसँगको परामर्शपछि सरकार चुनावको मिति तोक्ने अन्तिम कसरतमा जुटेको हो।
कानून अनुसार २०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ। २०७९ जेठ ५ गतेबाट जनप्रतिनिधिले पदभार सम्हालेको मितिलाई आधार मान्दा आगामी चैत ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने गरी आयोगले सरकारलाई लिखित राय बुझाइसकेको छ।
चैत ५ गतेभित्र निर्वाचन सम्पन्न गर्नका लागि सरकारले मंसिर पहिलो साताभित्रै मन्त्रिपरिषद बैठकबाट मिति तोक्नुपर्ने बाध्यकारी अवस्था छ। रास्वपा सभापति रवि लामिछाने राजनीतिक भेटघाटमा फर्किएलगत्तै प्रधानमन्त्रीसँगको परामर्शमा मिति घोषणा हुने बताइएको छ। आयोगले यसअघि नै दलहरूसँग व्यापक परामर्श गरी सरकारलाई सुझाव दिइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस