Techie IT
२०८२ फागुन ७, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको सर्‍यै, सरेको सर्‍यै


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि एक पटक सरेको छ। आइतबार दिउँसोका लागि तय गरिएको बैठक अब सोमबार दिउँसो २ बजे बस्ने गरी सारिएको पार्टीले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरू लाई उपस्थित हुन अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठक पटक–पटक सर्दै आएका सन्दर्भमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वसम्मत निर्णय गर्ने अवस्था नबनेसम्म बैठक सारिरहने जानकारी दिएका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट