Techie IT
२०८३ असार २५, बिहीबार

नेकपाको ‘एकता सन्देश सभा’ आज पोखरामा हुँदै


नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेशलाई केन्द्रित गरेर कास्कीको पोखरामा ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ। सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह - संयोजक माधवकुमार नेपालसहितके शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपाले प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत आगामी दिनका सभाको तालिका पनि सार्वजनिक गरेको छ। सोअनुसार, पार्टीले भोलि सोमबार कोशी प्रदेशको विराटनगरमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा, मंसिर २० गते मधेश प्रदेशको जनकपुरमा र मंसिर २३ गते बागमती प्रदेशको हेटौँडामा एकता सन्देश सभा गर्नेछ।

यही श्रृंखलामा नेकपाले मंसिर २९ गते देशभरका पालिका स्तरमा पनि एकता सन्देश सभा गर्ने तयारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट