नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तालिका हेर्नुहोस्
नेपाली कांग्रेसले आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशन कार्यतालिका पारित गरेको हो।
कार्यतालिका
मंसिर २० गतेभित्रः केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण
मंसिर २४ गतेभित्रः प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्य फारम पठाउने
पुस ८ गतेभित्रः एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्ने
पुस १० गतेभित्रः एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यहरूको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने
पुस ११ गतेभित्रः दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमार्फत प्रकाशित गरी जिल्ला कार्यसमिति तथा केन्द्रमा पठाउने
पुस १२ गतेभित्र: नयाँ क्रियाशील सदस्यता सम्बन्धी छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरी केन्द्रमा पठाउने
पुस १४ गते: क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई बुझाउने र सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने
पुस १५ गतेः नेपाली जनसम्पर्क समितिको अधिवेशन
पुस १६ गतेः गाउँ/नगर–वडा अधिवेशन
पुस १७ गतेः गाउँ/नगरपालिका अधिवेशन
पुस १९ गतेः प्रदेश सभा क्षेत्रीय अधिवेशन
पुस २१ गतेः प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन / एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको अधिवेशन
पुस २२ गतेः दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको अधिवेशन
पुस २३–२४ गतेः प्रदेश अधिवेशन
पुस २६–२८ गतेः केन्द्रीय महाधिवेशन, काठमाडौं



तपाईको प्रतिक्रिया दिनुहोस