Techie IT
२०८३ मंसिर ३, बुधबार

कांग्रेसको हामी तयार छौँ अभियान आजदेखि सुरु


नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान औपचारिक रूपमा सुरु गर्ने भएको छ। पार्टीभित्रको आत्मसमीक्षा, विचार, दस्तावेज र संसद् तथा सडकमा सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका तयार पार्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो।

पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार विगतका कमीकमजोरीहरूलाई सच्याउँदै थप सशक्त रूपमा उभिन र रचनात्मक तथा सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने ठोस योजना बनाउन अभियान सुरु गरिएको हो। हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलागी आपसी सहकार्य, समन्वय र एकताका साथ पार्टीलाई सुदृढ बनाउन पौडेलले नेता तथा कार्यकर्ताहरूलाई विशेष आग्रह गरेका छन्।

यसैगरी, आगामी मङ्सिर महिनाभित्रै सबै जिल्ला र प्रदेश अधिवेशनहरू सम्पन्न गर्नुका साथै स्थानीय तह निर्वाचनको तयारीलाई समेत व्यापक बनाइने महामन्त्री पौडेलले जानकारी दिएका छन्। अभियानको विस्तृत खाकासहितको परिपत्र (सर्कुलर) शीघ्र नै सबै प्रदेश र जिल्ला तहमा पठाइने कांग्रेसले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट