Techie IT
२०८२ मंसिर २४, बुधबार

हार स्वीकार्न तयार छौँ, तर पार्टी छाड्दैनौँ - वरिष्ठ उपाध्यक्ष पोखरेल

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्नुपर्छ


नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न एघारौँ महाधिवेशनको नेतृत्व चयनमा अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका लिँदै औपचारिक रूपमा भावी नेतृत्व घोषणा गरेमा सहमति जुटन सक्ने बताएका छन्।

बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा आफ्ना धारणा राख्दै पोखरेलले सहमति नहुने अरू आधार भने आफूलाई नलागेको स्पष्ट पारे।

"सहमति हुनसक्छ। तर अहिलेको सन्दर्भमा हामीले भनेका छौँ, पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने," पोखरेलले थप स्पष्ट पार्दै भने, “उहाँले महाधिवेशनको हलमै औपचारिक ढङ्गले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ। अरू हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन।” यसलगत्तै पत्रकारहरूले पोखरेललाई, 'ओलीले तपाईं (ईश्वर पोखरेल) बाहेक अरू कसैलाई अध्यक्षका रूपमा प्रस्ताव गरे मान्न तयार हो?' भनेर प्रश्न गरेका थिए।

जवाफमा पोखरेलले भने, "यदि उहाँले आफू हटेर भन्नुहुन्छ भने त्यसबेला मेरो कुनै अब्जेक्सन (आपत्ति) रहने छैन।"

पोखरेलले एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। यद्यपि, उनले 'प्यानल' घोषणा हुने वा नहुनेबारे भने अहिले नै खुलाउन चाहेनन्। उनले प्यानलका विषयमा छलफलमै रहेको जानकारी दिए।

'हार स्वीकार्न तयार छौँ, पार्टी छाड्दैनौँ'
पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै पोखरेलले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताए।

"प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ। जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्न सक्नुपर्छ," उनले भने। उनले यस सन्दर्भमा भीम रावल र माधव नेपालहरूको 'दृष्टान्त' (पार्टी छाडेर जाने अवस्था) आफ्नो हकमा लागू नहुने दाबी पनि गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट