Techie IT
२०८३ जेष्ठ ३, आइतबार

नेकपा एसबाट एमालेमा फर्किएका झाक्रीसहित नेताहरु महाधिवेशन प्रतिनिधिमा चयन


माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि उक्त पार्टीबाट एमालेमै फर्किएका १८ जनालाई नेकपा (एमाले) ले महाधिवेशन प्रतिनिधि बनाएको छ।

एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार तत्कालीन एकीकृत समाजवादीका केन्द्रीय सदस्यस्तर सम्मका नेताहरूलाई प्रतिनिधि बनाइएको हो। बाँकी केहीलाई मनोनयनमार्फत समेटिने तयारी भइरहेको उनले बताए।

कात्तिक २४ गते रामकुमारी झाँक्री, प्रतिनिधिसभा सदस्य कृष्णकुमार (किसान) श्रेष्ठसहितका नेताहरू एकीकृत समाजवादी परित्याग गरी एमालेमा फर्किएका थिए। फर्किएका नेतामध्ये केन्द्रीय सदस्यहरूलाई महाधिवेशन प्रतिनिधिमा समावेश गर्ने निर्णय एमालेले गरेको हो।

एमालेमा फर्किएर महाधिवेशन प्रतिनिधि बनेका नेताहरूको सूची यसप्रकार छः

१. श्रीप्रसाद शर्मा - बाग्लुङ
२. उपेन्द्र साह - रौतहट
३. रामकुमारी झाँक्री - गुल्मी
४. कृष्णकुमार (किसान) श्रेष्ठ - बारा
५. ई. गम्भीरलाल श्रेष्ठ - सिन्धुपाल्चोक
६. पिताम्बर तिमल्सिना - तेह्रथुम
७. राजाराम स्याङ्ताङ - मकवानपुर
८. ध्रुवराज विष्ट - भक्तपुर
९. नवराज पौडेल - सिन्धुपाल्चोक
१०. अर्जुन राई - धनकुटा
११. अम्बिका राई - खोटाङ
१२. बबी चाम्लिङ राई - खोटाङ
१३. हिराकुमारी दाहाल (मीरा) - मोरङ
१४. मीनाकुमारी परियार - कपिलवस्तु
१५. लोकविक्रम थापा - कञ्चनपुर
१६. वीरेन्द्र यादव - मोरङ
१७. डा. उद्घव पोखरेल - मोरङ
१८. सर्सुदेवी गुरुङ (शर्मिला) - मोरङ



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट