एमाले नेतृत्व चयनको मतदान समय ८ बजेसम्म थप
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थप गरिएको छ। यसअघि साँझ ५ बजेसम्म तोकिएको मतदान अवधि संशोधन गर्दै राति ८ बजेसम्म कायम गरिएको हो।
निर्धारित समयभित्र अर्थात् राति ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्।
मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत मतदान प्रक्रिया जारी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस