Techie IT
२०८३ असार २४, बुधबार

राप्रपा नेतृ खुश्बु ओली काठमाडौँ–९ बाट सिफारिस


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ–९ बाट ओलीको नाम पहिलो नम्बरमा सिफारिस गरिएको राप्रपाको क्षेत्रीय समितिले जनाएको छ।

प्रत्यक्षतर्फ उक्त निर्वाचन क्षेत्रबाट कुल पाँच जनाको नाम सिफारिस गरिएको छ। जसमा खुश्बु ओलीसहित इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारी रहेका छन्।

पार्टीभित्र उम्मेदवार छनोट प्रक्रिया जारी रहेको र अन्तिम निर्णय केन्द्रीय समितिबाट हुने राप्रपाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट