पूर्वप्रधानमन्त्री भट्टराई भारत भ्रमणमा जाँदै
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज औपचारिक भारत भ्रमणमा जाँदैछन्। प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो।
भारत बसाइको क्रममा उनी बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटअनुसार भट्टराईले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा तथा नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
उनको नेपाल फर्किने तालिका पुस ९ गते तोकिएको छ।
स्वकीय सचिवालयका अनुसार डा. भट्टराईको यस भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस