Techie IT
२०८२ पौष ८, मंगलबार

जेनजी छानबिनमा देउवाको हस्तक्षेप ? लेखकलाई बयान नदिन दबाब

सभापति देउवाले उनलाई बयान नदिन दबाब दिएको बताइएको छ


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनसम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा बयान दिन नजान निवर्तमान गृहमन्त्री रमेश लेखकलाई दबाब दिएको खुलासा भएको छ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले अत्यधिक बल प्रयोग गर्दा डेढ दर्जनभन्दा बढीको ज्यान गएको घटनापछि गृहमन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता लेखकलाई बयानका लागि जाँचबुझ आयोगले मंगलबार पत्र काटेको हो। यसअघि लेखक बयान दिन सकारात्मक देखिए पनि सभापति देउवाले उनलाई बयान नदिन दबाब दिएको बताइएको छ।

केही दिनअघि कांग्रेसका पदाधिकारीसमेत सहभागी छलफलमा सभापति देउवाले लेखकलाई ‘किन बयान दिन जानु ?’ भन्दै प्रश्न गरेको स्रोतको दाबी छ। यद्यपि, लेखकले निकटस्थहरूसँग सरकारले गर्ने छानबिनमा सघाउन आफू तयार रहेको अभिव्यक्ति दिँदै आएका थिए।

आयोगले पत्र काटेको विषय सार्वजनिक भएपछि लेखकले आफूले हालसम्म आधिकारिक पत्र नपाएको र पत्र प्राप्त भएपछि मात्रै बयान दिने–नदिनेबारे निर्णय गर्ने बताएका छन् ।

यसैबीच, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने स्पष्ट गरिसकेका छन्। ओलीकै आग्रहमा कांग्रेस सभापति देउवाले लेखकको बयान रोक्न दबाब दिएको देउवानिकट स्रोतको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट