Techie IT
२०८३ असार २४, बुधबार

नन–एक्रिडेटेड डिग्री बेच्दै ब्रिटिश कलेज, विरोध गर्दा अनेरास्ववियुका नेतामाथि हातपात


नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंस्थित दी ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीहरूले चर्को शुल्क र नन–एक्रिडेटेड डिग्रीको विरोधमा गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि कलेज प्रशासनले दमन गरेको आरोप लगाएको छ।

विद्यार्थीहरूबाट प्राप्त गुनासोका आधारमा सत्यतथ्य बुझ्न कलेज पुगेको अनेरास्ववियुको नेतृत्वमाथि कलेज प्रशासनले बाउन्सर र प्रहरी प्रयोग गरी शान्तिपूर्ण वातावरण बिथोल्ने प्रयास गरेको संगठनका अध्यक्ष दीपक धामीले बताएका छन्।

धामीद्वारा जारी विज्ञप्तिमा विद्यार्थीहरूको जायज माग सम्बोधन गर्नुको सट्टा भाडाका सिपाही प्रयोग गरी आन्दोलन दमन गर्नु, अनेरास्ववियुका अध्यक्षसहित केन्द्रीय नेतृत्व तथा सम्पूर्ण विद्यार्थीहरूमाथि धरपकड, बल प्रयोग र दुर्व्यवहार गर्नु किमार्थ स्वीकार्य नहुने उल्लेख छ।

आन्दोलनका क्रममा पक्राउ परेका जितप्रसाद सिटौला, अञ्जली लम्साल (अम्बिका), रुद्रहरी पोखरेल, सुष्मा शाही, मौसम स्याङ्बो, दीपक रेग्मी, अर्चना भट्टराई, रवि मिश्र, दुर्गा घिमिरे, सञ्जीव बराइली र आदित्य भण्डारीलाई तत्काल रिहा गर्न संगठनले माग गरेको छ।

अनेरास्ववियुले संगठनका सदस्य र विद्यार्थीहरूमाथि भइरहेको धरपकड तथा बल प्रयोग तत्काल रोक्न र वार्ताको वातावरण बनाउन कलेज प्रशासनलाई आग्रह गरेको छ। २४ घण्टाभित्र वार्तामा नआए कलेज प्रशासनले उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी आफैंले लिनुपर्ने चेतावनीसमेत संगठनले दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट