Techie IT
२०८२ पौष १०, बिहीबार

भ्रष्टाचार मुद्दामा एमाले कर्णाली प्रदेशका नेता बुढा दोषी ठहर


नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बुधबार विशेष अदालत काठमाडौंले बुढासहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी सरकारी रकम हिनामिना गरेको आरोपमा गत असार १९ गते विशेष अदालत काठमाडौंमा बुढाविरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गर्दै बुढासहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढाविरुद्ध अभियोग लगाइएको थियो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै नन्दसिंह बुढा र संगीता बुढालाई दोषी ठहर गरेको हो। अदालतले उनीहरूलाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय तोकेको छ।

पछिल्लो समय नन्दसिंह बुढा डोल्पाबाट नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधिसमेत बनेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट