Techie IT
२०८२ पौष ११, शुक्रबार

गोरखा–२ बाट प्रचण्ड आउट, कुन क्षेत्रबाट चुनाव लड्ने अझै अनिश्चित


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक गोरखा-२ बाट उम्मेदवार सिफारिसमा परेका छैनन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरी गोरखा २ बाट निर्वाचित भएका प्रचण्डको नाम यसपटक सोही क्षेत्रबाट सिफारिस नगरिएको हो।

नेपाली कम्युनिस्ट पार्टी गोरखाका अनुसार गोरखा-२ बाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

यद्यपि, संयोजक प्रचण्ड गोरखा-१ बाट भने सिफारिसमा परेका छन्। तर, त्यहाँ पनि उनको नाम एकल सिफारिसमा परेको छैन। गोरखा-१ बाट प्रचण्डसहित हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिस गरिएको छ।

संयोजक प्रचण्ड कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने विषय अझै यकिन भइसकेको छैन। पार्टी स्रोतका अनुसार कास्की, सुनसरीलगायत अन्य जिल्लाबाट पनि उनको नाम उम्मेदवारका रूपमा सिफारिसमा परेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट