Techie IT
२०८३ जेष्ठ २, शनिबार

बालेनको स्पष्ट सन्देश– अहिलेकै संविधान र संघीयतामै अघि बढ्छु


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गर्दै नयाँ राजनीतिक समीकरण निर्माणको तयारीमा जुटेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफू हालकै संविधान स्वीकार गर्दै अघि बढ्ने स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जा मन्त्री कुलमान घिसिङसँग समानान्तर भेटवार्ता गरिरहेका बालेन विभिन्न दलका नेता, जेन–जी प्रतिनिधि तथा पूर्व विवेकशील साझाका नेताहरूसँग पनि ‘म्याराथन मिटिङ’मा व्यस्त छन्। ती छलफलमा सहभागीहरूका अनुसार बालेनले आफू संविधान र संघीयताको पक्षमा दृढ रहेको धारणा राख्दै आएका छन्।

जेन–जी प्रतिनिधिहरूसँगको छलफलमा संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे प्रश्न उठ्दा बालेनले संघीयता नेपालका लागि अपरिहार्य भएको र हालको संविधान नै उपयुक्त रहेको बताएका छन्। जेन–जी प्रतिनिधि रक्षा बमका अनुसार बालेनले ‘संघीयता चाहिन्छ, अहिलेको संविधान बेस्ट नै छ। समस्या संविधानमा होइन, कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले देखिएको हो,’ भन्ने धारणा राखेका थिए।

संघीयताको पक्षमा बालेनले यसरी स्पष्ट धारणा सार्वजनिक रूपमा राखेको यो पहिलो पटक मानिएको छ। यसअघि उनी संघीयताको सवालमा खुला रूपमा प्रस्ट देखिएका थिएनन्। अघिल्लो आमनिर्वाचनमा उनले प्रतिनिधिसभातर्फ मात्र मतदान गरेका थिए भने प्रदेशसभाको मतपत्रसमेत नलिएको विषय चर्चामा थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट