Techie IT
२०८२ फागुन ६, बुधबार

नेपालको इमेज विश्वभर मजबुत बनाउँछु - परराष्ट्रमन्त्री बालानन्द शर्मा


नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री शर्मा आफू मन्त्री परिषद्‌मा मुलुक र मन्त्रालयका लागि सकारात्मक योगदान दिन सकिन्छ भन्ने विश्वासका साथ जिम्मेवारीमा आएको बताए। ‘आएर मुलुकको र मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ,’ उनले भने।

उनले निर्वाचनको सन्दर्भमा छिमेकी देशहरूसँग कुनै सहयोग आवश्यक परेमा कूटनीतिक मर्यादा र सही प्रक्रियामार्फत सहकार्य गरिने स्पष्ट पारे। साथै, मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझ सकारात्मक र सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘नेपालको इमेज संसारभर कसरी राम्रो बनाउने भन्ने विषयमा म केन्द्रित हुनेछु। यो मुलुक हाम्रो हो। हामीले जति खाली राख्छौँ, त्यति समस्या हुन्छ,’ मन्त्री शर्माले भने।

मुलुक अहिले निर्वाचनमय भइसकेको उल्लेख गर्दै उनले निर्वाचनको प्रक्रियामा परराष्ट्र मन्त्रालयमार्फत छिमेकी वा अन्य देशसँग सहकार्य गर्नुपर्ने अवस्था आएमा त्यसलाई सही तरिकाले उठान गर्ने बताए। साथै, विदेशस्थित नेपाली राजदूतावासहरूका कामकारबाहीलाई मूल्यांकन गर्दै प्रभावकारी कूटनीतिक पहललाई निरन्तरता दिने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट