Techie IT
२०८३ असार २४, बुधबार

कांग्रेसमा विशेष महाधिवेशन अनिवार्य बन्यो - महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टीमा विशेष महाधिवेशन बाहेक कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्।

विशेष महाधिवेशन माग गर्ने पक्षले पार्टीलाई बुझाएको स्मरण पत्र शुक्रबार सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाएपछि थापाले यस्तो बताएका हुन् । उनले भने, “विशिष्ट कारण देखाएर विशेष महाधिवेशन अनिवार्य गरिनुपर्छ। हस्ताक्षरअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन बाध्यकारी थियो। नियमित महाधिवेशन नहुने भएपछि अब विशेष महाधिवेशन बाहेक विकल्प छैन।”

थापाका अनुसार विशेष महाधिवेशन पुस मसान्तभित्र सम्पन्न गराउनु केन्द्रीय कार्यसमिति र कार्यवाहक सभापति पूर्णबहादुर थापाको अनिवार्य जिम्मेवारी हो। उनले थप भने, “तोकिएको तालिका अनुसार पन्ध्रौँ महाधिवेशन गरिसकेको भए यो मागको अर्थ हुँदैनथ्यो। अब विशेष महाधिवेशन अनिवार्य शर्त हो।”

विशेष महाधिवेशन मागकर्ताहरूले शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेर महामन्त्रीद्वय थापा र शर्मालाई बोधार्थ दिएका थिए र मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरण पत्र बुझाएका थिए।

गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर पेश गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट