Techie IT
२०८३ मंसिर ७, आइतबार

लुम्बिनीलाई ढाल्दै सुदूरपश्चिम बन्यो च्याम्पियन


सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी रोयल्समाथि बदला लिँदै सुदूरपश्चिम एनपीएल सिजन–३ को च्याम्पियन बनेको हो ।

सुदूरपश्चिमले लुम्बिनीले दिएको १५६ रनको लक्ष्य १३.३ ओभरमै बिनाविकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सीले १२५ रनको विस्फोटक शतकीय पारी खेले भने विनोद भण्डारीले ३० रनको योगदान दिए ।

सुदूरपश्चिम एनपीएलको लगातार तेस्रो फाइनलमा पुगेर च्याम्पियन बनेको हो । सुदूरपश्चिम पहिलो सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो । दोस्रो सिजनमा लुम्बिनीसँग ६ विकेटले व्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिमले अन्ततः उपाधि चुमेको हो ।

विजेता सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ नगद पाउनेछ ।

त्यस्तै, तेस्रो बनेको चितवन राइनोजले ४० लाख र चौथो बनेको काठमान्डु गोर्खाजले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट