Techie IT
२०८३ असार २३, मंगलबार

एमालेको समानुपातिक बन्द सूचीमा झापाबाट मात्रै ८ जनाको नाम समावेश


नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा कोशी प्रदेशबाट २७ जना उम्मेदवार समावेश भएका छन्।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पार्टीले पेस गरेको ११० सदस्यीय बन्द सूचीमध्ये २७ जना कोशी प्रदेशबाट परेका हुन्। तीमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट मात्रै ८ जनाको नाम समावेश गरिएको छ।

झापाबाट समानुपातिक सूचीमा परेका उम्मेदवारहरूमा लता प्रसाईँ, निर्मला पाठक, मेनुका काफ्ले, विद्यानन्द राजवंशी, मीता घतानी, जितु गौतम, सोम पोर्तेल र अनिता कन्दङ्वा रहेका छन्।

यस्तै मोरङ, इलाम र उदयपुरबाट समान रूपमा दुई–दुई जनाको नाम बन्द सूचीमा सिफारिस गरिएको छ। मोरङबाट गुरु बराल र नरेश पोखरेल, उदयपुरबाट मञ्जु चौधरी र कान्ता राई तथा इलामबाट तारा गुरुङ र शकुन्तला लेप्चा रहेका छन्।

यसैगरी पाँचथरबाट भूमिका सुब्बा, सुनसरीबाट मौसम राई, धनकुटाबाट मनकुमारी तारा तितुङ, तेह्रथुमबाट विष्णुमाया विक, संखुवासभाबाट लक्की शेर्पा, खोटाङबाट उषाकला राई, सोलुखुम्बुबाट डुफकुमार बाँस्तोला र भोजपुरबाट परशुराम अधिकारी समानुपातिक सूचीमा समेटिएका छन्।

कोशी प्रदेशअन्तर्गत ओखलढुंगा र ताप्लेजुङ जिल्लाबाट भने यसपटक एमालेको समानुपातिक बन्द सूचीमा कुनै पनि उम्मेदवार नपरेको अध्यक्ष खतिवडाले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट