Techie IT
२०८२ पौष १७, बिहीबार

सभापति देउवाले महामन्त्रीद्वय लाई भेट्न नमान्नुको कारण के हो?


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बेलुका हुने भनिएको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग तय भएको भेटघाट स्थगित गरेका छन्। अपराह्न ५ बजेका लागि समय तय भए पनि अन्तिम समयमा आफू व्यस्त भएको जनाउँदै देउवाले शुक्रबार भेट्ने जानकारी महामन्त्रीद्वयलाई गराएका थिए।

महामन्त्रीद्वयसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत सहभागी गराएर भेटघाट गर्ने तयारी थियो। तर, अन्तिम समयमा एकाएक भेट स्थगित गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले समय नपाएका कारण भेट हुन नसकेको जानकारी दिए। उनका अनुसार शुक्रबार सभापतिको अनुकूल समयमा महामन्त्रीद्वयलाई आफू वा सभापति देउवाका स्वकीय सचिव भानु देउवामार्फत बोलाइने जानकारी गराइएको छ।

‘आज भेट्ने सहमति भएको थियो, तर सभापति अन्य काममा व्यस्त हुनुपर्ने भएकाले भ्याउनुभएन,’ मुख्यसचिव पौडेलले भने, ‘भोलि सभापतिज्यूको अनुकूल समयमा महामन्त्रीद्वयलाई बोलाइनेछ।’

यता, महामन्त्रीद्वय थापा र शर्माको निर्देशनमा पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित हल बुक गरिएको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट