Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

महामन्त्री थापा विशेष महाधिवेशनको दस्तावेज तयार पार्न हिडे धुलिखेल


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनको तयारीमा जुटेका छन्। नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि उनले विशेष महाधिवेशन अघि बढाउने रणनीति सुरु गरेका हुन्।

पार्टीको एक नेताका अनुसार, महामन्त्री थापाले हल बुक गरेर दस्तावेज तयार पार्न धुलिखेल तर्फ लागेका छन्। ‘गगन दाइ अब दुई दिन दस्तावेज लेखनमा व्यस्त रहनेछन्। त्यसपछि विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढ्नेछ,’ ती नेताले भने।

विशेष महाधिवेशनको तयारीबारे पार्टी नेतृत्वलाई पनि जानकारी गराउने योजना भइरहेको बताइएको छ। भोलि विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन पनि गर्ने कार्यक्रम रहेको छ। महामन्त्रीद्वयको आह्वान आजै नभए पनि नियमित महाधिवेशन प्रभावित भएको विषयमा थापा–शर्माको संयुक्त धारणा सार्वजनिक हुन सक्ने नेताले बताए।

तर, संस्थापन पक्ष भने चुनावपछि नियमित महाधिवेशनको पक्षमा केन्द्रित भएको छ । अहिले पार्टीभित्र महाधिवेशनलाई लिएर द्वैध संघर्षको संकेत दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट