Techie IT
२०८३ असोज १५, बिहीबार

डा. भुसाल-विष्टसँगको वार्ता सरकारसँग विफल


सरकार र आमरण अनशनरत डा. निकोलस भुसाल बीचको वार्ता विफल भएको छ। बिहीबार भुसालसँगै अनशनरत हरिश विष्टको मुद्दामा भएको वार्ता निष्कर्षबिना टुङ्गिएको छ। सरकारले शुक्रबार पुनः वार्ता गर्ने तयारी जनाएको छ।

भुसाल र विष्टले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोक्न, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न, र भ्रष्टाचारीलाई कारबाही गर्न जस्ता माग राखेर पछिल्लो दस दिनदेखि आमरण अनशन बसिरहेका छन्।

माइतीघरमा अनशन बसिरहेका दुवैको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो। त्यही दिन बेलुकी गृहमन्त्री ओमप्रकाश अर्याल ले डा. भुसालसँग अस्पतालमै भेट गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट