रास्वपाको महामन्त्रीमा बालेन निकट इन्जिनियर लम्सालको नाम चर्चामा
लम्साल काठमाडौं महानगरपालिकामा विज्ञका रूपमा कार्यरत इन्जिनियर हुन्
फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर बालेन शाह निकट समूहबीच एकता भएपछि रास्वपाको महामन्त्री पदमा सुनिल लम्सालको नामबारे छलफल सुरु भएको छ।
रास्वपा स्रोतका अनुसार पार्टीमा एक जना थप महामन्त्री नियुक्त गर्ने विषयमा बालेन समूहका व्यक्तिलाई अघि सार्ने सहमति यसअघि नै भइसकेको छ।
आज आइतबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीसहित चार जना पदाधिकारी थप्ने निर्णय गरिसकेको छ। बैठकमा सहभागी स्रोतका अनुसार बालेन समूहबाट आउने नामको प्रतीक्षा भइरहेको छ।
बालेन निकटस्थहरूले बताएअनुसार उनीहरूको समूहबाट सुनिल लम्सालको नाम महामन्त्रीका रूपमा अघि सार्ने विषयमा छलफल भएको छ।
सुनिल लम्साल काठमाडौं महानगरपालिकामा विज्ञका रूपमा कार्यरत इन्जिनियर हुन्। उनी मेयर बालेन शाह निर्वाचित भएदेखि नै एउटै टिममा रहेर काम गर्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस