Techie IT
२०८३ असार २३, मंगलबार

पूर्वप्रधानमन्त्री ओलीको स्थानहद हटाइदै


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले आज बैठक बसेर निर्णय गर्ने तयारी गरेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, आयोगको टोली आज भक्तपुरस्थित ओलीको निवास गुण्डु पुगेर लिखित रूपमा बयान लिएको छ। प्राप्त लिखित जवाफको आधारमा आयोगले केही दिनभित्र स्थान हदको विषयमा निर्णय गर्नेछ।

यसअघि ओलीले सार्वजनिक भाषणमार्फत आयोगसँग बयान नदिने घोषणा गरेका थिए। उनले बयान दिन बाध्य भएमा सिंहदरबार घेराउसम्मको चेतावनी समेत दिएका थिए। तर पछिल्लो समय ओलीले आफ्नै निवासमा आएर लिखित जवाफ पठाउने तयारी गरेका छन्।

जाँचबुझ आयोगले लिखित प्रश्न तयार गरी ओली निवासमा पठाएको थियो। जवाफ नदिए आयोगले जरिवाना लगाउने विकल्पसमेत राखेको थियो।

जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित आयोगको मुख्य जिम्मेवारी भनेको २३ र २४ भदौका हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनाका दोषीको पहिचान गरी छानबिनपछि कारबाहीका लागि सिफारिस गर्नु हो।

आयोगलाई कुनै व्यक्तिलाई उपस्थित गराएर बयान लिन, प्रमाण बुझ्न, सरकारी वा सार्वजनिक कार्यालयबाट प्रमाण माग्न र लिखित विवरण पेश गर्न आदेश दिन सक्ने अधिकार पनि छ। यदि आवश्यक विवरण उपलब्ध नगराइए वा अटेर गरियो भने आयोगले कारबाही सिफारिस गर्न सक्ने र पाँच सय रुपैयाँसम्म जरिवाना लगाउन सक्ने अधिकार पनि राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट