एमालेको सचिवालय बैठक अहिले बस्दै
नेकपा एमालेको सचिवालय बैठक अहिले बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिएका हुन्।
उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाललगायत दलहरूबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलगायत विषयमा छलफल गर्न सचिवालय बैठक आह्वान गरिएको हो।
सोमबार कांग्रेस–एमालेबीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने विषयमा मोटामोटी समझदारी जुटेको छ। राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमध्ये १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। उम्मेदवारी दर्ता भोलि बुधबार हुने भएकाले दलहरू सोमबार अबेर रातिसम्म छलफलमा जुटेका थिए।
आज बस्ने सचिवालय बैठकले हिजोको छलफललाई अन्तिम रूप दिने एमाले नेताहरूले बताएका छन्। एमालेको सचिवालय १९ सदस्यीय छ।



तपाईको प्रतिक्रिया दिनुहोस