Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

कांग्रेस विशेष महाधिवेशनमा काठमाडौंका यी छ स्थानबाट जुलुस निकालिने


नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौंका छ स्थानबाट जुलुस निकालिने भएको छ।

विशेष महाधिवेशनका लागि गठन गरिएको जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीशनरसिंह केसीका अनुसार जुलुसका लागि छ वटा रुट तय गरिएको छ।

शुक्रबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा केसीले पुस २७ गते आइतबार बिहान ११ बजे जुलुस सुरु हुने जानकारी दिए।

उनका अनुसार काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस निस्केर भृकुटीमण्डपतर्फ अघि बढ्नेछ।

केसीले छ वटै रुटबाट फरक–फरक जिल्लाका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू सहभागी हुने जानकारी दिए। उनका अनुसार दिउँसो १२ बजे भृकुटीमण्डपमा विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोह सुरु हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट