Techie IT
२०८२ चैत्र ३, मंगलबार

पार्टी छाड्नेहरू निस्कासनमा पर्छन्: कांग्रेस नेता दीपक खड्का


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काले पार्टी परित्याग गर्नेहरूलाई निस्कासन गरिने स्पष्ट संकेत दिएका छन्।

सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका खड्काले पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी छाडेपछि सामान्यतः निस्कासन हुने प्रचलन रहेको बताएका हुन्।

पत्रकारले ‘कस्तो निर्णयको तयारी भइरहेको छ?’ भन्ने प्रश्नमा खड्काले भने, ‘पार्टी छाडेपछि सामान्यतया निस्कासन गरिन्छ।’

खड्काले विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा पक्ष)बीच लगातार वार्ता चलिरहेको जानकारी दिएका छन्।

उनका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष तहका नेताहरू सक्रिय छन्। ‘शीर्ष तहमा नेताहरू पार्टीलाई एक ठाउँमा राख्न प्रयासरत हुनुहुन्छ। उतातिर भृकुटीमण्डपमा मनोनयन दर्ता सुरु भइसकेको छ भने यता सानेपामा केन्द्रीय समिति बैठक राखिएको छ,’ खड्काले भने, ‘सबै जिल्लाका सभापतिहरू एकै ठाउँमा बसेर दबाबमूलक गतिविधि भइरहेका छन्। एक–दुई घण्टा कुर्नुहोस्।’

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्यहरूले बैठक उपस्थितिका लागि हस्ताक्षर गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट